Section 41
सजाय गणना नगरिने
(१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि सजाय गर्ने प्रयोजनको लागि यो ऐन वा प्रचलित कानून बमोजिम पटके कायम गर्दा नाबालिग अवस्थामा गरेको कसूरजन्य कार्यको गणना गरिने छैन।
(२) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै बालबालिकाले पटक-पटक कसूरजन्य कार्य गरे पनि पटकेको आधारमा निजलाई थप सजाय गरिने छैन।